नोटमा पृथ्वीनारायणको फोटो राख्नुपर्छ : थापा
सरकारले विगतदेखि मनाउँदै आएको पृथ्वीजयन्ती ०६३ देखि औपचारिकरूपमा मनाउन छाडेकोमा अध्यक्ष थापाले विरोध गर्दै सरकारी निर्णय त्रुटिपूर्ण रहेको बताउनुभएको छ । सरकारले पृथ्वी जयन्ती बनाउन थाले पनि राप्रपा नेपालले बिहीबार पृथ्वी जयन्ती बनाएको छ ।
कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, पूर्व राष्ट्रसेवक, सर्वसाधारणले पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । शाहको जन्म विसं १७७९ पुस २७ मा गोरखामा भएको थियो भने विसं १८३१ माघेसङ्क्रान्तिका दिन नुवाकोटको देवीघाटमा भएको थियो ।
यसैबीच राष्ट्रिय एकता दिवसको अवसरमा एकीकृत नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन सरकारसंग माग गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गरी उसले नेपाल सरकारसँग पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउन र सार्वजनिक बिदा दिई सम्मान व्यक्त गर्न माग गरेको हो ।
Category: News