मापदण्ड मिचेर बनाएको घर महानगरपालिकाले भत्काइदिने

Admin | 21:51 |


काठमाडौ, माघ ६ – काठमाडौ महानगरपालिकाले मापदण्ड विपरित बनेका घर भत्काइदिने तयारी गरेको छ ।
मापपदण्ड विपरित बनाइएका घर भत्काउन लिखित सूचना पठाएपनि त्यसको कुनै जवाफ  नआएको र कार्यान्वयन नभएकाले घरमा ‘सिल’ गर्न लागिएको महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले जानकारी दिनुभयो ।
अनुमति लिइएको भन्दा बिपरित बनेका घर आफैं व्यवस्थित गर्न महानगरपालिकाले माघ महिनासम्मको समय दिएको छ । घरधनीले ढिलासुस्ती र अटेर गरिरहेकाले महानगरपालिकाले घरका झयाल् ढोका भत्काई घर उपयोग गर्न नमिल्ने बनाउन लागेको हो ।
यसरी घर भत्काउँदा व्यक्तिगत सम्पतिमा क्षति पुग्न सक्ने भएकाले सूचनाको पालना गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ । अनुगमनका क्रममा घर बनाउँदा अनुमति लिएको भन्दा बढी तला थपेको पाइएको महानगरपालिकाले जनाएको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!