डिआइजी नै सौता भय पछि

Admin | 00:51 |


काठमाण्डौं । अरुलाई न्याय दिलाउने नेपाल प्रहरीकी नायब महानिरीक्षक (डिआइजी) बिमला थापा नै कानुन विपरीत सौता पसेको खुलासा भएको छ । तीन सन्तानका बाबु केपी शर्मासँग ०४७ सालमा गोप्य रुपमा बिवाह गरेकी उनले २२ बर्षपछि पनि ‘यो विषयमा मलाई थाहा छैन्’ भन्ने प्रतिक्रिया दिएको सौर्य दैनिकमा खबर छ ।bimala_thapa_sharma
डिआइजी थापा अहिले धापासीस्थित पाँचतले घरमा पतिसँगै बस्दै आएकी छन् । शर्माकी जेठी श्रीमती भने सामाखुसीस्थित पुरानै घरमा आफ्ना सन्तानसँगै बस्दै आएकी छन् । डिआईजी थापा पहुँचकै कारण शर्मालाई जेठी श्रीमतीसँग भेट्नसमेत नदिने गरेको स्रोतको दाबी छ ।
थापा अहिले पनि प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा प्रमुख छिन् । इन्स्पेक्टर हुँदा उनले शर्मासित प्रेम विवाह गरेकी थिइन् । उनीहरुको विवाह हुँदा शर्माको जेठीपट्टबिाट तीन सन्तान भइसकेका थिए ।
उनीहरु दुवै पहिले सामाखुसीमै बस्थे । सुरुमा थापाले शर्मालाई ‘दाई’ भन्थिन् । स्रोतका अनुसार थापा दाइ भाउजुको नाता लगाएर शर्माको घरमा आउजाउ गर्थिन । दुवैबीच प्रेमबसेपछि उनीहरुले ०४७ सालमा गोप्य बिबाह गरेका थिए ।
उनीहरुको प्रेम हुँदा शर्मा तत्कालीन शाही नेपाली वायुसेवा निगमको अन्तराष्ट्रिय उडानतर्फ ‘स्टेवर्ड’ पदमा कार्यरत थिए ।। थापा असई हुँदादेखि नै शर्मासँग चिनजान थियो । स्रोतका अनुसार तालिमका बेला पनि थापालाई भेट्न शर्मा महाराजगञ्जस्थित तालिम केन्द्रमा पुग्ने गर्थे । शर्मा विभिन्न उपहार सहित तालिम केन्द्रमा भेट्न पुगेपछि उनीहरुबीचको सम्बन्ध प्रगाढ बन्दै गएको थियो । थापा प्रहरीमा ३० चैत ०४० मा असइमा प्रवेश गरेकी थिइन् ।
इन्स्पेक्टर भएपछि थापा टाढिन खोजेपनि शर्माको ढिपीले उनीहरुको सम्बन्ध अघि बढेको थियो ।
जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद नगरेका शर्मा र थापाका सन्तान जन्मेपछि मात्र आफन्तहरुले उनीहरुको विवाह भएको जानकारी पाएका हुन् । उनीहरुका पनि दुई सन्तान रहेका छन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!