लम्जुङ बसेर दुबईका व्यापारीलाई १२ करोड माग

Admin | 21:33 |


काठमाण्डौं ९ माघ लम्जुङमा बसेर दुबईका व्यापारीसँग ५० लाख दिराम (करिब साढे १२ करोड रुपैयाँ) फिरौती माग्ने युवा पक्राउ परेका छन् । उनी विरुद्ध उजुरी गर्न दुबईका व्यापारी काठमाण्डौं नै आएका थिए ।
दुवईमा सामान्य मजदुरी गरेर फर्किएका लमजुङ भोटेओडारका बीजेन्द्र थापाले रातारात करोडपति हुन पहिले आफैले काम गरेको कम्पनीका मालिकलाई एसएमएस र इमेल गरेर धम्क्याएका थिए । दुवईमा आफ्नो ‘ग्याङ’ भएको भन्दै उनले फिरौती नर्पा व्यापारीलाई मार्ने धम्की दिएका थिए ।
दुवईमा व्यवसाय गर्दै आएका अफगानिस्तानका व्यापारी मारुइस अब्दुल अजिजको कार्यालयमा बीजेन्द्रले सहयोगीको रुपमा चार बर्ष काम गरेका थिए । चार बर्ष काम गर्दा व्यापारी अजिजसँग अबौं रुपैयाँ भएको थाहा पाएका उनले १२ करोड रुपैयाँ सजिलै उम्काउने आशामा धम्क्याएको बताएका छन् । बीजेन्द्र दुबईबाट चार महिना अघिमात्र नेपाल फर्किएको नयाँ पत्रिकामा खबर छ ।
उनले परिचय गोप्य राखी फोन गरेर धम्क्याउँदा केही रकम दिने बताएपनि पछि ५० लाख दिराम माग गरेपछि उनी आत्तिदै नेपाल आएर उजुरी दिएका थिए ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!