जुम्लाका एक दर्जन कार्यालय प्रमुख बिहीन
जुम्ला, पुस २७ – जुम्लाका एक दर्जन सरकारी कार्यालयमा प्रमुख नहुँदा सेवाग्राहीलाई समस्या परेको छ ।
एक हप्तादेखि जिल्ला प्रशासन, जिविस, महिला तथा वालवालिका, जिल्ला प्राविधिक, कर्णाली अञ्चल अस्पताल, खानेपानी तथा सरसफाई र जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बिहीन छन् ।
कार्यालय प्रमुख नहँुदा जुम्लामा पोष्टमार्टम, अपांगता परिचयपत्र सिफारिश र प्रशासनिक काम रोकिएका छन् । कर्मचारीले जिल्ला बाहिर जाँदा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने र समयमा नआएमा कारवाही हुने प्रशासन कार्यालयले जनाएको छ ।
Category: Latest News