दुर्गम गाउमा सित्तैमा सौर्य उर्जा बाडियो

Admin | 02:33 |


रसुवा, माघ ७ - रसुवाको अति दुर्गम गाविस यार्सा – ३ घाङमर गाउँका बासिन्दालाई लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले सौर्य उर्जा वितरण गरेको छ ।
आयोजनाले घाङमर गाउँका बासिन्दाहरुलाई सौर्य उर्जा वितरण गरे पछि त्यस गाँउका बासिन्दा टुकि र दियालोको झन्झटबाट मुक्त भएका छन् ।
यार्सा – ३ घाङमर गांउमा २५ घरपरिवारलाई सौर्य उर्जा वितरण गरेको सहयोग आयोजनाका आयोजना प्रबन्धक गौतम पौडेलले बताउनुभयो ।
राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवाबाट वञ्चित रहेका रसुवाको दुर्गम ग्रामिण क्षेत्रका बासिन्दाहरु सौर्य उर्जा प्रयोग गर्न पाउँदा धेरै खुसि भएका छन् ।
आयोजनाले वैकल्पिक उर्जाको प्रयोग गरी वन जंगलबाट प्रयोग हुने इन्धनको खपतलाई कम गरि जैविक विविधताको संरक्षण गर्नका लागि सौर्य उर्जा वितरण गरिएको जनाएको छ ।
विपन्न परिवार तथा राष्ट्रिय प्रशारण लाईनले नछोएको घाङमर गाउँका २५ घरपरिवारलाई सौर्य उर्जा खरिद गर्नको लागि सहयोग आयोजनाले ३ लाख ८१ हजार रुपैयाँ सहयोग गरेको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!