दुबैमा क्षेत्रिय समितिको नया अध्यक्षमा चुनियो निरौला

Admin | 02:23 |


अबुधावी । नेपाली जनप्रगतिशिल मञ्च युएईको अजमान क्षेत्रिय समितिको विस्तार भएको छ । आफ्नो संगठन विस्तार तिब्र गतिमा अघि बढाउने क्रममा शुक्रबार युएईको अजमानस्थित त्यहाँ रहने श्रमजीबी प्रगतिशील देशभक्त जुझारु नेपालीहरुको बाक्लो सहभागिताबीच गुरु प्रसाद निरौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
समितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्षद्वयमा गमल थापा, ठग बहादुर गुरुङ ,सचिवमा सागर बोगटी , सह-सचिवमा खुम बहादुर गुरुङ , कोषाध्यक्षमा दल बहादुर गुरुङ र सह-कोषाध्यक्षमा हस्त बहादुर मगर रहेका छन् । यसैगरी सदस्यहरूमा गिर बहादुर राना , हुम बहादुर बिक , हेम बहादुर गुरुङ , ललित गुरुङ , श्रीकृष्ण अधिकारी , रुद्र थापा , नर बहादुर राना , राम काजी थापा, युक्त बहादुर थापा , रुक बहादुर बि क र गन बहादुर थापा रहेका छन्।
 कार्यक्रममा नेपाली जनप्रगतिशिल मंच युएईका महासचिव बाबुराम बिश्वकर्माको प्रमुख अतिथि तथा मंचका केन्द्रिय बुद्दिजिबि सदस्य भिम श्रेष्ठ बिसेष अतिथि रहनु भएको थियो । नेपाली जनप्रगतिशिल मञ्च अजमान क्षेत्रका संगठन बिभाग प्रमुख मिलन गुरुङको बिशेष पहलमा समिति गठन सफल हुन पुगेको र उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नवगठित समितिका अध्यक्ष गुरु प्रसाद निरौला तथा सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिदै महासचिव बाबुराम विश्वकर्माले नेपाली जनप्रगतिशिल मंच युएईको भूमिका र पृष्ठभूमिबारे प्रस्ट पार्दै अहिले परिवर्तनशील शक्तिलाई देशी बिदेशी प्रतिक्रियाबादीहरुले चौतर्फी आक्रमण गरिरहेको परिस्थितिमा देश तथा बिदेशमा रहने सम्पूर्ण प्रगतिशील परिवर्तनकामी नागरिकहरु एकजुट हुनुपर्ने र जनयुद्दबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै शंघीय गणतान्त्रिक नेपालको संबिधानमा पिछडियका वर्ग, जातिय ,क्षेत्रीय , लिंगीय भेदभावको अन्त्य गरि सबैलाई समान अधिकारको प्रत्याभूत गराउनु पर्ने अहिलेको आबश्यकता भएको बताउनु भयो ।
 यसै क्रममा सल्लाहकार भिम श्रेष्ठले अजमान क्षेत्रमा रहने सम्पूर्ण नेपालीहरुलाई संगठनमा आबद्द गराई हाम्रो सैद्दान्तिक र बैचारिक रुपमा स्पस्ट पार्दै राष्ट्रलाई परिबर्तन र अग्रगामी दिशामा लैजान सबै एकजुट भएर लाग्नु पर्ने धारणा राख्नु भएको थियो , समिति गठन गर्ने क्रममा धेरै साथीहरुसंग भेटघाट हुने क्रममा अधिकांस नेपालीहरु संगठनमा आबद्द हुन चाहेको बताउनु भयो । नेपाली जनप्रगतिशिल मंचले बिदेशी भूमिमा रहेर पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ र बिशेष गरेर मजदुरहरुको हकहितको लागि सधै लडिरहने संगठन भएकोले भविष्यमा पनि आफ्नो कार्यकाल अबधिमा आफु र आफ्नो समिति सदैव अजमानमा रहने सम्पूर्ण प्रगतिशील मजदुरहरुलाई एकताबद्द गराउँदै उहाँहरुको शुख-दुखमा सहकार्य गरिरहने प्रतिबद्दता जाहेर गर्नु भयो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!