नेकपा-माओवादीको बन्दसत्रमा आजदेखि समुहगत छलफल हुँदै

Admin | 01:31 |


२७ पुस, काठमाण्डौं । राजधानीमा जारी नेकपा-माओवादीको महाधिवेसनमा अध्यक्ष मोहन वैद्य र सचिव देव गुरुङले प्रस्तुत गर्नुभएको राजनीतिक र विधान संसोधन प्रस्ताव प्रतिवेदनमाथि आजदेखि समुहगत छलफल सुरु हुँदैछ ।
बिहीबारदेखि सुरुभएको बन्द सत्रमा अध्यक्ष वैद्यले पेस गर्नु भएको राजनीतिक प्रतिवेदन र नयाँ जनवादी क्रान्ति सम्बन्धि राजनीतिक प्रस्ताव र गुरुङले विधान संसोधनको प्रस्तावमा आज समुहगत छलफल हुन लागेको हो । प्रतिवेदनमाथि छलफल गर्न २१ वटा समूह बनाइएको छ ।
आज १२ बजेसम्म समुहगत छलफल सकेपछि टोली नेताहरुले छलफलको निष्कर्ष पेस गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । समुहले पेस गरेको निष्कर्षका आधारमा पार्टीले भावी कार्यदिशा तय गर्ने भुसालको भनाई छ । महाधिवेशनका लागि तयार पारिएको मस्यौदा राजनीतिक प्रस्तावमा अहिले क्रान्तिका लागि अनुकुल वातावरण नरहेको तर संघर्ष आवश्यक रहेको उल्लेख छ । साथै महाधिवेसनमा सहभागीहरुले जनयुद्धको मर्म अनुसार पार्टीको कार्यदिशा बनाउनुपर्ने सुझाव दिएका छन् ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!