प्रदर्शनले उग्ररुप लिएपछि रामपुरमा कर्फ्यु

Admin | 02:03 |


पाल्पा ७ माघ स्थानीय २७ वर्षीया सोनु श्रेष्ठको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महिलाहरुले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले रामपुरमा कर्फ्यु जारी गरेको छ ।
अपराहृन ३ बजेबाट भोलि सोमबार बिहीन ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्यामा संलग्न उनको श्रीमन ओमबहादुर श्रेष्ठलाई पक्राउ गरी छाडेको भन्दै प्रदर्शनमा उत्रिएका सयौं महिलाहरुले रामपुर प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालय परिसरमा रहेकेा प्रतिक्षालयमा आगजनी गरेका थिए ।
भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरको गोली हानेको थियो । तर, आक्रोसित महिलाहरुले ढुंगामुढा गरेपछि प्रहरी पछि हटेको थियो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!