भाषण गर्दागर्दै बुल्गेरिया नेतामाथि गोली प्रहार (भिडियोसहित)

Admin | 02:09 |

७ माघ, काठमाडौं । बुल्गेरियाको विपक्षी पार्टी ‘मुभमेन्ट फर राइट्स एण्ड फ्रिडम’का नेता अहमद डोगन असाधारण हत्या प्रयासबाट बालबाल बचेका छन् ।
राजधानी सोफियामा जारी लोकतन्त्र र अधिकारसम्वन्धी एक सम्मेलनका क्रममा गरामागरम भषण गरिरहेका बेला एक युवक मञ्चमा आए र उनको कन्चटमा पेस्तोल ताके । ती सन्काह युवकले पेस्तोल मात्र ताकेनन्, ट्रिगर दवाए तर पड्एिकन । नेता डोगनले ती युवकलाई झम्टिए र निशाना गलत भएकाले भाग्वयसनेता डोगन बच्न सफल भए ।
उनले दोस्रो फायर गर्नु अगावै सुरक्षा गार्ड र सम्मेलनका सहभागीले बन्दुकधारीलाई भुइमा लडाइसकेका थिए । नेता डोगन बालबाल बच्न सफल भए ।
प्रतिनिधी बनेर प्रवेश गरेका २५ वर्षीय ती युवकले डोगन भाषण गरिरहेका बेला मञ्चमा उक्लिएर बन्दुक ताकेका थिए । पक्राउ परेका युवकको साथबाट २ बटा चक्कु समेत बरामद भएको प्रहरीले बताएको छ ।
उनलाई नियन्त्रणमा लिने क्रममा सहभागीले राम्रैसित भकुरे । अन्त्यमा पुलिसले उनलाई रगतपच्छे भएको अबस्थामा नियन्त्रणमा लिएर सम्मेलनस्थलबाट बाहिर लगेका थिए ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!