Norway's Prime Minister Jens Stoltenberg spends an afternoon working as Taxi Driver

london | 23:40 |

Norwegian PMरोम, श्रावण २८ । नेपालमा राजनीतिक दलका नेताहरुमा महाराजा बन्ने लालसा बढिरहेको बेला उत्तर युरोपेली मुलुक नर्वेमा भने जनधारणा बुझ्न प्रधानमन्त्री नै ट्याक्सी ड्राइभर बनेका छन् । नर्वेका प्रधानमन्त्री येन्स स्टोल्टनबर्गले जनताको राय बुझ्न भेष बदलेर ट्याक्सी चालक बनेको समाचारले अहिले चर्चा पाएको छ ।
राजधानी ओस्लोको सडकमा स्टोल्टनबर्गले एक दिनभर ट्याक्सी चलाएका थिए । आफू र सरकारप्रति आम जनताको वास्तविक धारणा बुझ्न ट्याक्सी चालक बनेर सडकमा उत्रिएको प्रधानमन्त्री स्टोल्टनबर्गले बताएका बीबीसीले जनाएको छ ।
ट्याक्सी चढ्नेहरुसँग कुराकानी गरेर उनले सरकारप्रतिको धारणा लिएको बताइएको छ ।
त्यस क्रममा प्रधानमन्त्री स्टोल्टनबर्गलाई चिन्नेहरुलाई मात्र उनले आफ्नो परिचय दिएका थिए । उनले यात्रुहरुसँगको कुराकानी गोप्य रुपमा क्यामरामा कैद समेत गरेको जनाइएको छ ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!