१० लाख फ्यान भएका घरबारविहिन फिरन्ते सुकुमबासी (भिडियो सहित)
अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स क्षेत्रमा सडकमा गित गाएर जिविका चलाउँदै आएका जेम्स पेर्सेल नाममा ती व्यक्तिले गाएको एउटा गित यु ट्युबमा अपलोड भएपछि त्यो एकाएक हिट बन्यो । उक्त भिडियो दश लाख भन्दा बढिले हेरे । उनको निकै मिठो स्वर तथा उक्त स्वर मन पराउने मानिसको लामो लाम देखेपछि संगितकार केनेथ विलियम्स जेम्स लाई भेट्न पुगे । उनको सुरिलो आवाजका कारण धेरै फिल्म मेकरहरुले आफ्नो फिल्ममा उनलाई गित गाउन लगाउने इच्छा व्यक्त गरे ।
सरीरमा एउटा कपडाको खोल भिरेका जेम्सले त्यसमा निकै मर्मस्पर्शी कुरा लेखेका थिए ‘मैले तपाइँको सानो सहयोगको अपेक्षा गर्दै तथा बाँच्नकै लागि गीत गाउँछु र तपाइँको गलाको तालिम गराउँछु’ ।
स्मरण रहोस् उनले सोसल साइट फेसबुक तथा माइस्पेसमा समेत आफ्नो पेज खोलेर आफ्ना विभिन्न गितहरुको सूचि राखेका छन् । तिन वर्षसम्म चोरीको आरोपमा जेल जिवन बिताएका जेम्स बाटोमै गित गाएर आफ्नी श्रीमती तथा पाँच छोराछोरी पाल्दै आएका छन् । पछिल्लो पाँच वर्षदेखि आफु सुकुम्बासीको जिवन बिताइरहेको र संगितलाई माया गरेर सबैचिज त्यागेको उनको दाबी छ । आफ्नो कलालाई धेरैले मन पराइदिएकोमा उनी मख्ख छन् र आफ्नो सपना पूरा भएको ठान्छन् । साथै उनी अब आफ्नो जिवनले काँचुली फेर्ने विश्वासमा पनि छन् ।
स्मरण रहोस् टेड विलियम्स नामका व्यक्ति पनि यस्तै बाटोमा फिरन्ते गाउँदै गर्दा चर्चा कमाएपछि संगित क्षेत्रमा प्रवेश गरेर विश्वचर्चित बनेका थिए ।
हेरौँ यु ट्युबमा अपलोड भएको उनको भिडियो