रिक्सा चलाएरै चीन देखी लण्डन ओलम्पिक सम्म

Admin | 10:55 |


लण्डन ओलम्पिकमा एक चिनियाँ किसान चर्चामा छन् । न उनी कुनै पदक विजेता खेलाडी हुन, न कुनै स्टार नै तर पनि मानिसहरु उनलाई भेट्न आउँछन् र सँगै तस्वीर खिचाएर जान्छन् ।

५७ वर्षीय किसान चेन ओलम्पिकको भावनालाई बढवा दिन उनी रिक्सा चलाएर लण्डन पुगेका हुन् । दुई वर्षमा उनले १६ देश पार गरे भने करिब १६ हजार किलोमिटरको बाटो रिक्सा चलाएर पुरा गरे । यस क्रममा उनले बाढी, युद्धग्रस्त देश, दुर्गम पहाडी र शून्यदेखि ३० डिग्रीसम्म तापक्रम रहेको क्षेत्र पार गरे ।

आफ्नो यात्राबारे उनले भने-’मलेशिया र भियतनाममा अध्याधिक गर्मी थियो । म पसिनाले निथ्रुक भएर कमिजको पसिना निचोर्थें । फेरि थाइल्याण्डमा बाढीको सामना गर्नुपर्‍यो । बर्माले त भिसा नै दिएन ।’

तर, चेनले हिम्मत हारेनन् । बर्माले भिसा नदिएपछि उनी तिब्बतको बाटो लागे । जहाँ उनले ७ हजारमिटर उचाईको पहाड चढे । पाकिस्तान, अफगानिस्तान र इरान हुँदै टर्की पुगे, जहाँ उनले चार दिन हिउमा पुरिएर विताए । यति लामो यात्राका लागि एक किसानलाई कसले पैसा दियो भन्ने जिज्ञासा हुनु स्वभाविक हो । उनका अनुसार यात्राका क्रममा कहिले मानिसहरुको सामान ढुवानी गरेर पैसा जुटाए त धेरैले उनलाई सहयोग पनि गरे । उनको पासपोर्टमा अहिले विभिन्न देशको छाप लागेको छ ।

अहिले भने उनले ब्रोकर जोन बिस्टन भेट्टाएका छन्, जो समय समयमा चीन जाने गर्थे । अब चेन सन् १०१६ मा हुने ओलम्पिकका लागि ब्रजिल जान चाहन्छन् । -एजेन्सीको सहयोगमा

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!