अँ गर्ने ठाउँमा आँफैले पटका पडकाएपछी......

Admin | 10:57 |


कोहीकोही मान्छे कतिसम्म मूर्ख हुँदारहेछन् भन्ने कुरो अस्ट्रेलियाका एक युवकले देखाइदिएका छन् । अस्ट्रेलियाको डार्विन सहरमा बस्ने एक युवकले आफ्नो मलद्वारको चेँपमा पटका राखेर नितम्बका फिलाले चेँपेर पड्काउन खोज्दा झण्डै उनको प्राणपखेरु उडेन । ज्यानै नगएपनि उनको मलद्वार तथा लिंगको भाग नराम्ररी डढेको छ । साथै उनको गाला तथा पिठ्युँमा पनि पटकका छर्राले असर पारेको छ ।

ती युवक के कारणले गर्दा त्यस्तो मुर्ख काम गर्न उक्सिए भन्ने तथ्य खुलिनसकेको भएपनि उनले मदिरा खाएको हुँदा नशामा लटि्ठएर त्यसो गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
नाम नखुलाइएका ती युवकको मलद्वारमा पटका पडि्कएको खबर पाउने बित्तिकै त्यहाँ प्रहरी तथा स्वास्थ्यकर्मी आएका थिए । तर उद्धारकर्मी आइनपुग्दै उनी आफै अस्पताल पुगिसकेका थिए । बिचरा ती अभागी ठिटो मलद्वारमा पटका पडि्कएर सख्त घाइते त बने नै उनले पटक पड्काएबापत जरिवाना समेत तिर्नुपरेको छ । त्यस स्थानमा जुलाई १ बाहेक अरु दिन पटका पड्काउनु गैरकानुनी रहेछ ।

स्मरण रहोस् केही दिनअघि पनि अमेरिकामा एक व्यक्तिले पटका पड्काउँदा उनको लिंग नै क्षतविक्षत भएको र सदाका लागि गुमेको खबर सार्वजनिक भएको थियो ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!