नेपाली सिनेमामा वेश्याको खोजी त्यो पनि पुरुष
चल्दैछ धडक्न ढल्दैछ जीवन, अंगाल्न सक्छ र कसले
गायक शिव परियार काठमाण्डौको एक रेकडिङ स्टुडियोमा माथी उल्लेखीत शब्दमा डुवेर आफ्नो आवाज भर्दै थिए । उनलाई गीतका वारेमा सिकाउँदै हौसाईरहेका थिए संगीतकार अर्जुन पोखरेल ।
पुरुष वेश्याको कथामा आधारीत रहेर तयार हुन लागेको चलचित्र ‘जिगोलो’मा समावेश एक गीतमा शिवले आवाज दिएका हुन् । ‘जिगोलो’को अर्थ पुरुष वेश्या हो । गाउँवाट झरेको एक पुरुष वाध्यताले पुरुष वेश्या वन्छ । तर एड्स रोगले समातेपछि जिन्दगीवाट हार खाएको व्यक्तिले गाउँने पीडाको गीतमा शिवले आवाज दिएका हुन् ।
म जिउँदै मरेको मान्छे, म मर्दै वाचेको मान्छे
मृत्युको मुखमा पुगेरनि, दैवले साचेको मान्छे
दयाराम पाण्डेले शब्द भरेको यो गीतमा अभिनय गर्ने कलाकारको भने पक्का भैसकेको छैन । चलचित्रका लागि निर्देशक पनि अहिलेसम्म छनोट भैनसकेको निर्माणपक्षले जनाएको छ । नेपाली सिनेमामा कर्ल गर्लको कथामा धेरै सिनेमा वनिसकेका छन् । तर, पुरुष वेश्या र उसको दैनीकीलाई समावेश गरेर कथा थोरै मात्र वुनिएका छन् । चलचित्र जिगोलोले यही कथालाई समेट्ने निर्माणपक्षको धारणा रहेको छ ।
#onlinekhabar