बिग्रियो जीवन लुइटेलको आफ्नो भाई , आमाबुवासगको पारिवारिक सम्बन्ध

Admin | 06:00 |

नायक जीवन लुईटेलको पारिवारिक सम्वन्ध विग्रिएको छ । आफ्नो भाई, आमाबुबासँगको सम्वन्ध विगि्रएको जीवनले स्वयंम स्विकार गरेका छन् । तर वास्तवीक जीवनमा नभई चलचित्र ‘माई ब्रदर’ भित्र उनको पारिवारिक सम्वन्ध विग्रीएको हो ।
विष्णु भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा नव नायक लक्क दिपक र नायिका सुमिना घिमिरेको अभिनय छ । दिपक को बन्छ कलाकार नामक रियालिटी शो मा प्रथम भएर सिनेमा क्षेत्रमा भित्रिएका हुन् ।
चलचित्र पारिवारिक र युवायुवतीको प्रेम कथामा आधारित रहेको निर्देशक भट्टराईले बताएका छन् । चलचित्र ‘माई ब्रदर’ बौद्धिक वर्गका लागि तयार पारेको उनको दाबी छ । यसैबिचे प्रदर्शन मिति नजिकिदै जादा निर्माणपक्षले चलचित्रको नयाँ प्रोमो सार्वजनिक गरेको छ । असोज १९ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो सिनेमाको नयाँ प्रोमोले दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माणपक्षको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!