प्रेमीले रोकेपछि सुष्माले देखाउन पाईनन् , निर्माता निर्देशकलाई हैरानी
नायिका सुष्मा कार्कीलाई लिएर सिनेमा बनाउनेहरुले अहिले हैरानी बेहोर्न थालेका छन् । सुष्माले दिने दृश्य र कपडाका बारेमा उनका प्रेमीले अवरोध गर्न थालेपछि सिनेमा बनाउनेहरुले हैरानी बेहोरेका हुन् ।
बुधबार काठमाडौंको एक डान्स बारमा चलचित्र नोटबुकको एक गीतमा नायिका कार्की नृत्य गर्दै थिईन् । नाच्दा सुष्माको कपडा छोटो हुनु त सामान्य नै हो । तर गीतमा प्रयोग गरिएका ३ ड्रेसमध्ये एकमा उनका प्रेमीले अवरोध गरेपछि छायांकन केही समय प्रभावित भएको थाहा भएको छ ।
गीतमा सुष्मा केही बढी नै ग्ल्यामर देखिएकी थिईन् । उनले लगाएको पहिरनले उनको भित्री अंग बढी नै देखिएपछि प्रेमीले अवरोध गरेका हुन् । यो पहिरनमा हुँदैन, अर्को पहिरन लगाउनु भन्दै सुष्माका प्रेमीले अवरोध गरेका थिए ।
प्रेमीले अवरोध गरेपछि छायांकन केही समय प्रभावित भएको थियो । निर्माण पक्षसँग पनि सुष्माका प्रेमीको केही समय भनाभन भएको थाहा भएको छ । तर चलचित्रका निर्देशक योगेश घिमिरेले भने सामान्य घटना भएको भन्दै लुकाउन खोजे । उनले सुष्माको प्रेमीलाई डान्सबारको गीतमा केही त देखाउनै पर्यो नि भन्दै सम्झाएका थिए । केही समयको अवरोध पछि सुष्माले सोही पहिरनमा नृत्य गरेकी थिईन् ।
पछिल्लो समय सुष्माका प्रेमी अधिकांश समय उनीसँग नै हुने गर्छन् । सुष्मालाई उनको प्रेमीले खुलेर काम गर्न नदिएको यो घटनाबाट पनि थाहा पाउन सकिन्छ ।
Read This Also About Sushma Karki