हेरौ त नेपाली नायिकाको बिल्ला , यस्तो गर्न नि मिल्ला ?

Admin | 10:28 |


निर्देशकको ‘एक्सन’ र ‘कट’को ईशारामा अभिनय गर्नु भन्दा सार्वजनिक स्थलमा मिडियाको अघि बोल्न धेरै गाह्रो रहेछ भन्ने कुरा एकजना नव नायिकाले बल्ल थाहा पाईन् । राजधानीमा भएको एक चलचित्रको पत्रकार सम्मेलनमा नवनायिका सुष्मिता ढकालले यस्तै समस्या बेहोर्नुपर्यो ।
चलचित्र ‘माई भ्यालेनटाईन’को पत्रकार सम्मेलनमा ढिलो गरी आईपुगेकी ढकाललाई कार्यक्रममा बोल्न लगाउँछन् भन्ने थाहा थिएन होला । तर कार्यक्रमका प्रमुख अतिथि निर्माता संघका अध्यक्ष राजकुमार राईले नव नायिकाको आवाज पनि सुनौं भनेपछि सुष्मिता अप्ठ्यारोमा परेकी हुन् ।
ढिलो आएकी ढकाल अगाडि रहेका नायकनायिकासँगै हार मिलाएर बसेकी थिइन् । पत्रकार सम्मेलनमा एकजना नायकलाई मात्र बोलाउने कुरो थियो । सबैले बाबु बोगटीलाई देखाए । बाबुले बोलेपछि उद्घोषक नरेश भट्टराईले नायिका निशा अधिकारीलाई पनि बोल्नको लागि अगाडि उभ्याए । त्यसपछि अर्का नायक स्वतन्त्रप्रताप शाहले पनि बोले । सबैले बोलेपनि आफ्नो पाले नआउला भन्ने सुष्मितालाई थियो । तर प्रमुख अतिथि राईले नवनायिकाको पनि आवाज सुनौं न भनिहाले ।
त्यसपछि सुष्मितलाई अगाडि जान कर लाग्यो । बोल्नका लागि माईक अगाडि पुगेकी उनको मुखबाट शब्द नै निस्केन । हाल स्नातक तह प्रथम बर्षमा पढ्दै गरेकी सुष्मिताको मुखबाट शब्द ननिस्केपछि उनको अनुहार कालो निलो भयो । स्नातक तह प्रथम बर्षमा  पढ्ने यि नायिकाले न आफ्नो भूमिकाको बारेमा एक शब्द मुखबाट निकालिन्, न त सिनेमाको बारेमा नै ।
सुष्मिताको मुखबाट शब्द ननिस्केपछि कार्यक्रम संचालक नरेश भट्टराइले उनलाई सहज बनाउने प्रयास गरे । कस्तो भूमिका छ भन्ने नरेशको प्रश्नमा सुष्मिताले ठिकै छ भन्नु बाहेक अन्य केही बोल्न नै सकिनन् । करीब २ मिनेट जति माइकअघि उभिएपछि उनी केही नबोली फर्किन् । कार्यक्रममा उपस्थित अरु हेरेको हेर्यै भए ।
अनलाइनखबर

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!