बालिका मात्रै होइन, बालकसँग पनि यौन सम्पर्क गर्ने गद्दाफीको कस्तो नियती ?
एजेन्सी, आश्विन । अरेबियन राष्ट्र लिवियामा ४२ वर्षसम्म शासन गर्ने तानाशाह कर्नेल मुअम्मर गद्दाफीको मृत्यु भएको १ वर्ष वितिसकेको छ । गतवर्ष गृहनगर सिर्तमा भएको भिडन्तमा गद्दाफीको मृत्यु भएको थियो । मृत्यु भएको १ वर्ष बितिसके पनि गद्दाफीको महलभित्र हुने गरेका खराब कुराहरु बाहिर आउने क्रम जारी छ ।
तानाशाह गद्दाफीको बारेमा हालै एक फ्रेन्च पत्रकारले खराब आचरणको खुलासा गरेका छन् । फ्रेन्च पत्रकार एनिक कोजिनले आफ्नो पुस्तक ‘प्रे इन गद्दाफी हरम’मा उनी सेक्सको भोको भएको उल्लेख गरेका छन् । उक्त पुस्तकले गद्दाफीसँग जोडिएको त्यस्तै केही विशेष कुराहरुको उजागर गरेको छ ।
पुस्तकका अनुसार गद्दाफी नाबालिग बालिकाको साथमा १३ वर्षभन्दा कम उमेरका बालकहरुसँग पनि सेक्स गर्ने गर्थे । गद्दाफीसँग नजिक रहेका व्यक्तिहरुले गद्दाफीलाई प्रायः कम उमेरका बालकहरुमा रुची भएको फ्रेन्च पत्रकारलाई बताएको जनाइएको छ । कम उमेरका बालकहरुसँग गद्दाफी अप्राकृति सेक्स सम्बन्ध कायम गर्थे ।
कोजिनको पुस्तक अनुसार गद्दाफी स्कुलमा पढ्ने उमेरका बालिकाहरुसँग पनि सेक्स गर्ने गर्थे । सन् २००४ मा एक स्कुलमा पढ्ने १५ वर्षीय किशोरीलाई गद्दाफीले स्कुलको कार्यक्रममा स्वागत गर्नेक्रममा भेटे, त्यसको भोलिपल्टै ती किशोरीलाई गद्दाफीको निर्देशन बमोजिम उनको महलमा झिकाइयो ।
पिडित किशोरीको स्रोत उल्लेख गर्दै ती पत्रकारले लेखेका छन कि गद्दाफीको महलमा किशोरीको स्तन र रगतको नाप लिइयो, त्यसको केहीबेरपछि ती किशोरीलाई नग्न अवस्थामा गद्दाफीको बेडरुममा पु¥याइयो ।
फ्रेन्च पत्रकारले यसरी गद्दाफीले कयौं कम उमेरका बालिका र बालकहरुसँग सेक्स गर्ने गरेको तथ्य आफ्नो पुस्तक मार्फत खुलासा गरेको जनाइएको छ ।