जोन अब्राहमको गर्धनमा गोली, भाग्यले बँचे
बलिउड अभिनेता जोन अब्राहमलाई बल्ल यो कुराको ज्ञान भएकेा छ की यो दुनियामा आखिर कोही शक्तिशाली छ भने त्यो भगवान नै हो ।
मृत्युको मुखमै पुगेर फर्किएपछि उनलाई यस्तो अनुभुति नहुने कुरै भएन । सायद भगवानकेा कृपा भएर हो उनी एक गम्भीर दुर्घटनाबाट ज्यान जोगाउन सफल भए ।
एक फिल्मको शुटिङका क्रममा जोनले यस्तो दुर्घटनाको सामना गर्नु परेको हो । समाचार अनुसार संजय गुप्ताको फिल्म शूटआउट एट वडालाको क्लाइमेक्स सिनको शूट गरिरहेको बेला यस्तो खतरनाक घटना भयो । शुटिङ चलिरहेकै बेला अनिल कपूरले चलाएको गोली जोनको गर्धनमा लाग्यो । कथा वस्तु अनुसार नै अनिलले चलाएको उक्त गोली -ब्लाक बुलेट) जोनको गर्धनमा लागेर बाहिरियो, धन्य गोली छेउँमा मात्र लाग्यो तथापि गहिरै चोट भने लाग्यो ।
वास्तवमा १५ फिटको दुरीबाट फायर गर्नुपर्नेमा भुलबस १.५ फिटको दुरीबाट गोली चलाइएको थियो । लामो दुरी पार गर्दा उक्त गोली जोनको सरीरसम्म आइपुग्दा निस्कृय हुन्थ्यो र सरीरमा बज्रिएपछि केही हुँदैनथ्यो अर्थात् फिल्मी घटना मात्र बन्थ्यो । तर १.५ फिटको दुरीबाट हानिएको गोली यदि जोनको गर्धनको बिच भाग वा टाउको लगायतका भागमा लागेको भए ज्यानै जान सक्थ्यो । धन्य अनिलले छातिमा ताकेर हानेको गोली सही निसाना लगाउन नसक्दा गर्धनलाई छोएर मात्र गयो र जोनको ज्यान बच्यो । अचानक भएको यो घटनापछि पूरै शुटिङ युनिट स्तब्ध भयो ।
यो घटनाको बारेमा बताउँदै जोनले आफ्नो घाँँटीको हड्डी समेतमा गम्भीर चोट लागेको बताउँदै भगवानले आफुलाई बचाएको बताए । उनले आफुले यो घटना कहिल्यै बिर्सिन नसक्ने भन्दै, यो घटना नियतबस नभएको र कसैको पनि गल्ती नरहेको बताए ।
निर्माता संज गुप्ताले यो घटना सम्भिmँदा आफु अझैपनि काँप्ने गरेको भन्दै आफु केहीपनि बोल्न नसक्ने अवस्थामा रहेको बताउँछन् ।
अनलाइनखबर