भुपु लोग्नेको शुक्रकिट चोरी गरेकोमा मुद्दा दाँयार

Admin | 10:38 |


चोरी पनि कस्ता कस्ता हुँदारहेछन् ? हुँदाहुँदा युएइमा शुक्रकिट चोरी गरेको आरोपमा मुद्दा हालिएकेा छ । एक जना पुरुषले आफ्नो शुक्रकिट चोरी भएको आरोपमा मुद्दा हालेका हुन्, त्यो पनि आफ्नो भुतपुर्व श्रीमती विरुद्ध । आफ्नै भुतपुर्व श्रीमतीले आफ्नो शुक्रकिट चोरेर गर्भवती भएको भन्दै ती पुरुषले मुद्दा हालेका हुन् ।
अबुधावीमा बस्ने ती पुरुषका अनुसार रसियन भुपु श्रीमतीसँग डिभोर्स हुनु भन्दा पहिले उनी र ती महिला एक प्रजनन उपचार केन्द्रमा गएका रहेछन् । त्यहाँ उनले आफ्नो शुक्रकिट संरक्षित गर्नका लागि संकलन गरेर राखेछन् ।
पटक पटक उपचार गर्दापनि बिहे गरेको ४ वर्षसम्म गर्भ नरहेपनि ती रुसी महिलाले अर्को बिहे गरिन् र रुस फर्किन् । रुसमा गएर उनले एक्लै आफ्नो प्रजनन उपचार गराइन् ।
ती महिला फेरी युएइ फर्किन् र आफ्नो भुपु लोग्नेको शुक्रकिट संकलन गरी राखिएको प्रजनन केन्द्रमा गएर भुपु लोग्नेको जाली हस्ताक्षर गरेर सोही शुक्रकिटबाट त्यहीँ कृत्रिम गर्भाधारण गरिन् ।
यता डिभोर्स गरेकेा ४ महिनापछि आफ्नी भुपु श्रीमतीले आफुलाई थाहा नदिइ आफ्नै शुक्रकिट चोरेर भुँडी बोकेको थाहा पाएपछि ती पुरुष आगो भए । त्यसपछि उनले आफ्नो शुक्रकिट चोरी गरेको अभियोग लगाउँदै अदालतमा मुद्दा हालेका छन् ।
अनलाइनखबर

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!