विवाह अघी नै गर्बवती भएकी साकिराको अर्को वाक्क वाक्क सुरु

Admin | 05:22 |


वाका वाका गीतमा बारुली कम्मर मरक्कै मर्काउँदै नाच्ने पप गायिका शाकिरा विवाह अघि नै गर्भवती बनेकी छिन् ।
सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप फुटबलमा वाका वाकामा गीतमा बारुली कम्मर मर्काउँदै आफ्नो कला देखाएपछि विश्वभर नै प्रख्यात बनेकी थिइन् ।

उनै ३५ वर्षीय गायिका साकिराले आफू गर्भवती भएको कुरा आफ्नो वेबसाइटबाट सार्वजनिक गरेकी हुन् । स्पेनका जोरार्ड पिके स्पेनिस बार्सिलोनाका फुटबरलसँग प्रेम सम्बन्ध रहेको शाकिराले आफ्नो पहिलो बच्चाको लागि दुवैले खुशीका साथ प्रतिक्षा गरिरहेको पनि बताएकी छिन् ।

गर्भवती भएकी शाकिराले आफ्नो गर्भमा रहेको बच्चाको लागि आफ्ना साँगीतिक कार्यक्रमहरु समेत स्थगित गर्दैछिन् । उनले अझ केही दिनभित्र आफूले सबै कार्यक्रम स्थगित गर्ने समेत बताएकी छिन् ।
सन् २०११ मार्चमा शाकिरा र जोरार्डले आफूहरुबीचको सम्बन्ध स्वीकारेका थिए । गर्भवती भएको कुरा खुलाएपनि कुन समयमा डेलिभरी हुने भन्ने कुरा भने शाकिराले खुलाएकी छैनन् ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!