मनिषाका कोइरालाका भाई सिद्धार्थ अव नेपाली चलचित्रमा

Admin | 05:32 |

नायिका मनीषा कोइरालाका भाई सिद्धार्थ कोइराला नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । सिद्धार्थले पहिलो पटक आफ्नै देशको एउटा चलचित्रमा नायकका रुपमा अभिनय गर्न लागेका हुन् । उनले बलिउडमा अभिनय गर्न थालेको भने १४ बर्ष पुरा भएको छ । ५ फिट साढे ९ इन्च अग्ला सिद्धार्थ आगमी तिहारपछि छायांकन प्रारम्भ हुने चलचित्र ‘मेघा’ मा मुख्य नायकको भूमिका निर्वाह गर्दैछन् । सम्झना उप्रेती रौनियारको निर्देशन रहने प्रेम कथामा आधारित उक्त चलचित्रमा सिद्ध एक विजनेस म्यानका रुपमा प्रस्तुत हुनेछन् ।
आज प्रकाशित कान्तिपुर साप्तहिकका अनुसार बलिउडमा जम्न नसकेपछि उनी नेपाली चलचित्र प्रति आकषिर्त भएका हुन् । उनले नेपाली कला, सस्कृतिका बारेमा नेपालीहरुलाई जानकारी गराउन सुशिला आर्ट एकेडेमी स्थापना गरेर काम गरिरहेका छन् । सिद्धार्थ करिब एक बर्षदेखि मुम्वईलाई छाडेर नेपालमै बस्दै आएका छन् ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!