सुटिङमै प्रेमीसँग चुम्बनका चर्तिकला देखएपछी , सुष्मा चलचित्रबाटै आउट

Admin | 05:43 |

 नायिका सुष्मा कार्की केही समय देखि आफ्नो प्रेमीसँग एउटै घरमा बस्दै आएकी छिन् । तर सुष्माले प्रेमीसँगको रोमान्सको चर्तिकला छायांकन स्थलमा समेत देखाएपछि धेरैलाई अप्ठ्यारो परेको छ ।

भदौ २५ गतेबाट टिकापुरमा छायांकन भईरहेको चलचित्र ‘वार’ मा पनि नायिका कार्कीले यस्तै चर्तिकला देखाएपछि उनले सिनेमाबाट नै हात धुनु परेको छ । छायांकन हुनुभन्दा एक दिन अघि नायिका कार्कीले सिनेमा नखेल्ने भन्दै जिद्दि कसेकी थिइन् । तर निर्माणपक्षले प्लनेको टिकट काटिदिने भन्दै सुष्मालाई मनाउन खोजेको थियो । सुष्माले भने आफु प्लेनमा नआउने भन्दै जिप रिर्जव गराएकी थिईन् । भाद्र २५ गते सुष्मा, उनको प्रेमी र सुष्माका भाई जिपमा टिकापुर पुगेका थिए । जसबापत्त निर्माताले जिपको खर्च २० हजार तिरेका थिए ।
छायांकन प्रारम्भ भएपछि निर्माणपक्षलाई भन्दा कार्कीले आफ्नो प्रेमीलाई वढि समय दिएकी थिईन् । सुष्मा र उनको प्रेमीको चर्तिकला यतिसम्म चल्यो कि, यि दुईले छायांकनमा रहेका ५० जना टोलीलाई मान्छे नै गन्न छोडे । छायांकन स्थलमा प्रेमीसग चल्ने, अंगालो हाल्ने र चुम्बन समेत गर्ने हर्कत सुष्माले देखाउन थालेपछि निर्माण युनिट वाक्य भएको थियो ।
दृश्यका बारेमा कुनै छलफल गर्नु परे पनि सुष्माका प्रेमी अघि सर्ने गरेको निर्माता सुवोध भट्टले जानकारी गराए । सुष्मा र उनको प्रेमी होटलको एउटै कोठामा बसेका थिए । निर्माता भट्टले भने, ‘उनीहरुले बियर खाएको पैसा त मैले तिरिन तर उनको प्रेमीको खाना र बसाई खर्च म आफैले बेहोरे । ‘
सुष्माले ड्रेसका बारेमा पनि बारम्बार निहुँ खोज्दै काठमाण्डौ र्फकन धम्की दिने गरेकी थिईन् । आफु टिकापुरमा रहेर सिनेमाको छायांकन गर्न नसक्ने भन्दै नायिका कार्कीले काठमाण्डौ र्फकने धम्की दिएपछि निर्माणपक्षले उनलाई सिनेमाबाट हटाएको हो ।
‘म काठमाण्डौ जान्छु, उत्तै गएर मेरो छायांकन गरौला’ भन्दै सुष्माले निहुँ खोज्न थालेपछि हटाईएको निर्माता भट्टले अनलाईनखबरलाई जानकारी गराए । एकजना व्यक्तिका लागि ५० जना को टिमलाई लिएर म कसरी काठमाण्डौ आउन सक्छु, भट्टले गुनासो पोखे ।
चलचित्रका प्राविधिकहरु पनि सुष्मा देखि आजित भैसकेका थिए । सुष्मालाई निकाल्नुहोस् उनको भुमिकाको पुन छायांकनमा एक पैसा पनि हामी लिदैनौ भन्दै प्राविधिकहरुले निर्मातासँग गुनासो गरेका थिए ।
चलचित्रबाट निकालिएपछि नायिका कार्की र उनका प्रेमी काठमाण्डौतर्फ लागेको निर्माता भट्टले जानकारी गराएका छन् । मुकुन्द भट्टको निर्देशनमा तयार भईरहेको चलचित्र ‘वार’ मा कृष्ण भट्ट, अप्सरा घिमिरे, रमा अर्याल, विनय शर्मा लगायतका कलाकारको मुख्य भुमिका छ । सुष्माले अभिनय गरेका दृश्यहरुको छायांकन पुन गर्ने निर्माणपक्षको भनाई छ । तर उनको ठाउँमा कसलाइ लिने भन्ने बारेमा टुंगो लागिसकेको छैन ।
५० लाखको लगानीमा छायांकन भईरहेको यो चलचित्र ४५ दिनमा सक्ने योजना निर्माणपक्षको छ ।
अनलाइनखबर 

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!