जनआन्दोलनका घाइतेका लागि नेपाल आमा

Admin | 05:32 |


निश्चल श्रेष्ठको निर्माण तथा निर्देशन रहेको लघु चलचित्र ‘नेपाल आमा’को च्यारिटी शो गरिने भएको छ । जनआन्दोलनका घाइतेको सहयोगार्थ चलचित्रको च्यारेटी शो गरिने छ ।
जनआन्दोलन २०६२/६३ पछाडी नेपाली जनताले आशा गरे बिपरित नेताहरुको गैह्रजिम्मेबारी र स्वार्थीपनले बिकृत रुपमा बिकसित राजनीतिक अवस्थाले नेपाल र नेपालीको अस्तित्वसागै स्वभीमानमा खलल पुगेको अवस्थामा नेेपाल आमाको पिडा र चित्कार लघु चलचित्रमा प्रस्तुत गरीएको छ ।
चलचित्र व्यवसायीक फाइदाका लागि निर्माण नगरेको निर्देशक श्रेष्ठले दाबी गरेका छन् । चलचित्रमा शुभद्रा अधिकारी, यादव सिलवालका साथमा विशेष भुमिकामा केशब स्थापित, नारायण श्रेष्ठ, महेश दाहाल लगायतले अभिनय गरेका छन् । चलचित्रको समय अवधि २५ मिनेटको छ । चलचित्रको च्यारीटी शो बाट उठेको रकम जनआन्दोलनका घाइते, आर्थीक रुपमा विपन्न असहाय बालबालीकाहरुको स्वास्थय र शिक्षामा सहयोग पुर्याउने निर्माण संस्थाले बताएको छ ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!