रिलिज अघि नै आमिर खानको 'तलाश'ले उठाइसक्यो १३० करोड

Admin | 16:19 |

मुम्बई, मंसिर १५ (एजेन्सी) - आमिर खानको नयाँ फिल्म 'तलाश' आजदेखि रिलिज हुँदैछ। तर यसले रिलिज हुनुअघि नै १३० करोड बटुलिसकेको छ। ४० करोडको लागतमा बनेको यो फिल्मको थियटर राइटस् रिलायन्सले लगभग ९० करोडमा किनेको बताइएको छ। त्यसैगरी यो फिल्मको स्याटेलाइट राइटस् पनि ४० करोडमा बिकेको छ। 'तलाश' मा आमिर खानले एक पुलिस इन्सपेक्टरको भूमिका गरेका छन्। उनले एक सुपरस्टारको दुर्घटनामा मृत्यु भएको घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउँछन्। रानी मुखर्जी र करीना कपूर पनि मुख्य भूमिकामा छन्। रानी सुपरस्टारकी श्रीमतीको भूमिकामा छिन् भने करीना कपूर यौनकर्मीको भूमिकामा छिन्। फरक खालको फिल्म खेलेर चर्चामा आउने आमिर खानको यो सस्पेन्स फिल्मले बक्स अफिसमा चाहिँ कति करोड कमाउने हो, हेर्न बाँकी छ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!