कलंकित आमा-बुबा, जसले छोरीको अनुहारमा तेजाब छ्यापे

Admin | 19:26 |


आफ्नो सन्तान हरेक आमा-बाबुका लागि आफू भन्दा पनि प्यारो लाग्छ । तर, पाकिस्तानमा यस्ता आमा-बाबु भेटिएका छन्, जसले केटाको अनुहार हेरेको अरोपमा अनुहारमा तेजाब छ्यापेर आफ्नो छोरीको हत्या गरेका छन् ।

कश्मीरको दक्षिण जिल्ला कोटलीको एक गाउँमा बस्दै आएका मोहम्द जफर र उनकी श्रीमतीले हालै मात्र १५ वर्षीया छोरीको हत्या गरेका हुन् ।

छोरीले केटाको अनुहार हर्दा पूरै परिवार कलंकित हुनु परेको उनीहरुको भनाई छ । जफरले बीबीसीसँग भनेका छन्-’एक केटा मोटरसाइकलमा आउँदै थियो । अनुषाले २ पटक उतिर फर्किरु हेरिन् । मैले उनलाई यसो नगर्न भने । मानिसहरु हाम्राबारेमा कुरा काट्छन् किनकी हाम्रो ठूलो छोरी पनि यस्तै गर्थिन ।’

प्रहरीका अनुसार अनुषाको शव ६० प्रतिशतभन्दा बढी जलेको अवस्थामा भेटिएको छ । घटना लगतै आफ्नै छोरीको हत्या गर्ने आमा-बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

पाकिस्तानको मानवअधिकार आयोगका अनुसार सन् २०११ मा मात्र इज्जतको नाममा ९ सय ४३ महिलाको हत्या भएको छ ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!