यस्तो रेष्टुरेन्ट, जहाँ खानासँगै कन्डम दिइन्छa
विश्वका हरेक देशले सुरक्षित रुपमा कन्डमको प्रयोगलाई बढवा दिइरहेको छ । कन्डमको प्रयोग बढाउन जनचेतना जगाउने उद्देश्यले नेपालमा शनिबार मात्र कन्डम दिवस बनाइएको छ ।

क्याविज एण्ड कन्डम एक थाई रेष्टुरेन्ट हो । जहाँ खानाका साथमा गर्भ निरोधक दिइन्छ । साथै रेष्टुरेन्टको भिन्ताहरु कन्डमले सजिएका छन् । यस रेस्टुरेन्टबा हुने नाफा भने थाइल्याण्डमा यौन शिक्षा र एड्स रोकथाम कार्यक्रमका लागि दिइनेछ ।
थाई रेष्टुरेन्टले पहिलो पटक देश बाहिर शाखा खोलेको हो । हालै गरिएको एक सर्वेक्षणका अनुसार ५६ प्रतिशत मानिस अझैपनि कन्डम किन्न लजाउँछन् ।