१०३ बर्षपछि परिवारमा छोरीको जन्म
‘अवेन विनिथ जेनकिन्स’ साउथ वेस्ट वेल्सको जेनकिन्स परिवारमा १ सय ३ वर्षमा जन्मिएकी छोरी हुन् । अवेनभन्दा पहिले सन् १९०९ मा यस परिवारमा छोरीको जन्म भएको थियो ।
बच्चीको जन्मपछि परिवारमा खुसी छाएको छ । एक बच्चीको जन्म कति दुर्लभ छ, त्यो आफूलाई राम्ररी थाहा भएको उनीहरुको भनाई छ ।
अवेनका बाबु एमवर भन्छन्-’छोरीको जन्म हुनु अदभूत थियो । छोरीको जन्म भएको खबर पाउना साथ हाम्रो परिवारमा यसअघि कहिले छोरी जन्मिएको थियो भनेर सोधीखोजी गर्यौं । हामीलाई थाहा भयो कि परिवारमा छोरीको जन्म नभएको १ सय ३ वर्ष भएछ ।’
अवेन एक सातापहिले जन्मिएकी हुन् । परिवारमा छोरी जन्मिएपछि एमवर निकै खुसी छन् ।–एजेन्सीको सहयोगमा
Category: Wonder