आफ्नै थर बेच्न इन्टरनेटमा मोलमोलाई

Admin | 07:25 |


पुराना र बहुमूल्य बस्तुहरु लिलामी भएको त तपाईहरुले सुनेको छौं । तर, कसैले आफ्नो थर लिलामी गरेको सुन्नु भएको छ ?
अमेरिकाका एक व्यवसायीले आफ्नो थर लिलामी गर्ने फैसला गरेका छन् । जसोन सेडलर नामका अमेरिकीले आफ्नो थर लिलामी गर्ने र त्यसको १० प्रतिशत रकम दान दिने घोषणा गरेका हुन् ।
उनले भनेका छन्-’मेरी आमाले छोडपत्र गर्दै हुनुहुन्छ । त्यसैले अब मलाई सेडलर थरको कुनै अर्थ राख्दैन । त्यसपछि मैले सोचेँ किन थर परिर्वतन नगर्ने ?’ अनलाइन मार्केटिङमा काम गर्ने उनले आफ्नो वेबसाइटमा थरका लागि टेण्डर आहृवान गरे, जुन बिहीबार बन्द भएको छ । अब टेण्डर जित्नेले सेडलरको थर पाउन ४५ हजार ५ सय डलर दिनु पर्नेछ ।
सन् २०१३ मा ३० वषर्ीय सेडलरले आफ्नो थर टेण्डर परेको व्यक्तिको इच्छा अनुसार आफ्नो थर र आफ्नो पहिचान कानुनी रुपमा परिर्वतन गर्नेछन् । फ्लोरिडाको स्टेट कोर्ट सिस्टमका अनुसार यो प्रक्रिया पूरा गर्न केही हप्ता लाग्न सक्नेछ । त्यस क्रममा जसोनको राज्य र केन्द्र स्तरमा क्रिमिनल रेकर्ड जाँचिन्छ भने औँलाहरुको निशाना पनि लिइन्छ र एक निश्चित दिनमा न्यायाधीशको सहमतिमा अन्तिम निर्णय लिइने छ ।
यद्यपि नयाँ थरमा आफू सन्तुष्ट नभएसम्म आफ्नो थर सेडलर परिर्वतन नगर्ने उनको सर्त रहेको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!