बेलायतको चर्चित अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थी सबै नांगिएका पछी

Admin | 06:55 |


बेलायतको चर्चित अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थी सबै नांगिएका पछी बेलायतको चर्चित अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थी नांगिएका छन् । यो सुन्दा सबैलाई अचम्म लाग्नसक्छ । विश्वका जो कोही विद्यार्थीले पढ्न चाहने विश्वविद्यालयका विद्यार्थीले किन लाजमर्दो काम गरे होलान् ? भनेर । वास्तवमै अक्सफोर्डमा पढ्ने केही युवा विद्यार्थीले लाज भन्ने कुराको परवाह नगरी नांगो तस्वीर खिचाएका छन् ।

उनीहरु कुनै सनक वा वैँशको मातमा नांगिएका भने होइनन् । एउटा परोपकारी कामका लागि उनीहरुले नग्न फोटोशूट गरेका हुन् । बेलायतमा प्रोस्टेट क्यान्सरका रोगीहरुको सहयोगार्थ एक क्यालेन्डरका लागि अक्सफोर्ड विश्वविद्यालयको रग्बी फुटबल टोलीका सदस्यहरुले नग्न फोटोशूट गरे ।
यसरी नांगिएका युवा विद्यार्थीहरुको ब्लाक एण्ड ह्वाइट तस्वीरहरु एक च्यारिटी संस्थाको आगामी नयाँ वर्षको क्यालेन्डरमा प्रकाशित हुनेछ ।
-onlinekhabar




Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!