आर्यन सिग्देलको ७ लाखको गफ तपाईंपनी सुन्नुहोस् !

Admin | 14:21 |


सिनेमामा लिने गरेको पारिश्रमीक रकमका कारण चर्चामा आईरहने नायक आर्यन सिग्देल यो हप्ता पनि सिनेमा ‘कसुर’ मा ७ लाख रुपैयाँमा साइन गरेको कुराले पुनः चर्चामा आएका छन् । तर नायक सिग्देललाई उक्त सिनेमाको लागी ७ लाख पारिश्रमिक रकम नदिएको रहस्य ‘कसुर’ का निर्माता भानु महर्जनले मेरो सिनेमा समक्ष खुलाएका छन् । आर्यनलाई ७ लाख पारिश्रमीक दिएको समाचार केवल हल्ला मात्र रहेको निर्माता महर्जनले प्रस्ट्याएका छन् ।

दयाराम दाहालले निर्देशन गर्ने बताइएको सिनेमा ‘कसुर’ का लागी निर्माता भानु महर्जनले आर्यनलाई कति पारिश्रमीक दिए त ? उनी भन्छन्, ‘मैले उहाँलाई महानायक राजेश हमालले लिने गरेको रेट भन्दा केही माथि मात्र पारिश्रमीक रकम दिएको छु ।’ निर्माताहरुबाट प्राप्त जानकारी अनुसार महानायक हमालको अहिलेको बजारको रेट साढे २ देखी ३ लाख सम्मको हो । त्यसकारण आर्यनले सिनेमा ‘कसुर’ बाट साढे ३ देखि ४ लाख सम्म पारिश्रमीक रकम पाएको सहजै अनुमान गर्न सकिन्छ । तर यस विषयमा स्वयंम नायक सिग्देलसँग बुझ्दा उनले 'कसुर' मा लिएको रकम खुलाउन चाहेनन ।  पैसा सँग मतलव नरहेको बताउदै उनले भने, 'कसुर मा मैले २ लाख लिए पनि १७ लाख लिएपनि त्यो महत्वको विषय होइन ।'
तर यसअघि आर्यनले ‘कसुर’ बाट ७ लाख रुपैयाँ नलिए पनि किन उनले मिडियामा उक्त रकम लिएको भने त ? एक जना निर्माता भन्छन्, ‘यी सबै हल्लाहरु नयाँ निर्मातालाई फसाउने खेल बाहेक अरु केही होइन ।’ यसअघि पनि आर्यनले एउटा सिनेमाबाट ८ लाख पारिश्रमीक लिएको बताउदै आए पनि उक्त कुरा हल्ला मात्र भएको सुन्नमा आएको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!