हट सुस्मा कार्की र बिनिता बराल जाडोमा कसरी तात्छन त ?

Admin | 14:30 |

भनिन्छ मंसिर पुषको जाडोमा रुई, फुई र दुईको विशेष महत्व हुन्छ । अर्थात जाडो महिनामा रुवाले बनेको सिरक, कोईलाको आगो र दुई प्रेम जोडी जाडोबाट बच्ने उचित उपायहरु मानिन्छन । प्रायः वर्षैभरी फ्लोरमा व्यस्त हुने हाम्रा सेलिव्रेटीहरु चाही जाडोबाट बच्न के गर्छन त ? मेरो सिनेमाले केही कलाकारहरुसँग यस विषयमा कुराकानी गरेको छ :


विनिता बराल, नायिका
(हाँस्दै) म आफै हट छु त्यसकारण मलाई त केहीको पनि आवश्यकता पर्दैन । म जाडोबाट बच्न बिहान र बेलुका डावर चेवनप्राश खाने गर्दछु र उनीको स्विटर लगाउँछु ।


दयाह्याङ राई, कलाकार

जाडोबाट बच्न म हल्का हिव्स्की पिउने गरेको छु । काम नभएको बेला लामै समयसम्म सिरक भित्र बस्छु । बाक्लो कपडा लगाउने र चिया पिउने त जाडो महिनाको दैनिकी जस्तै हो ।


प्रियंका कार्की, नायिका
मलाई चाहि जाडो महिना विशेष लाग्ने गर्दछ । त्यसकारण म हट ईलेक्ट्रीक व्याग साथमै लिएर हिड्ने गर्दछु । अर्कोकुरा जाडोमा कम्तीमा १० कप चिया, कफी पिउँछु ।


सविन श्रेष्ठ, नायक 
म शरीर तताउन दिनमा दुई चोटी जिम जाने गर्छु । अनि जाडोबाट बच्न ब्ल्याक कफी पनि पिउने गर्छु र च्याकेट लागाउँछु ।



सुस्मा कार्की, नायिका 
मेरो जाडोबाट बच्ने खासै विशेष उपाय केही पनि छैन । अहिले जाडो महिना भएर होला सिनेमाको प्रस्ताव पनि खासै आएको छैन त्यसकारण अहिले घरमै बसेर न्यानो मनाइरहेको छु ।


नवराज आचार्य, निर्देशक

अहिले मलाई ‘कलिउड’ कै कामले गर्मी बनाइरहेको छ । म जाडोबाट बच्न कफी पिउँछु । घरमा हुँदा हिटर ताप्छु ।


सुवास थापा, नायक
प्रायः काममै व्यस्त हुने भएकाले होला जाडोबाट बच्ने मेरो विशेष उपाय छैन । यद्यपी म बिहान बेलुका हट लेमन पिउँने गर्दछु ।


दिपेन्द्र के खनाल, निर्देशक
अहिले म सिनेमा ‘झोले’ को फ्लोरमा भएको हुँदा खासै जाडो भएको छैन । तर जाडो महिनामा चाही म बाक्लो कपडा लगाउने गर्छु । गाडीमा हिड्दा हट एसी चलाउँछु ।

पुरुषोत्तम प्रधान, सिनेम्याटोग्राफर
म त अहिले क्यामेरा चलाउन मै व्यस्त छु । त्यसकारण खासै जाडोको अनुभव भएको छैन । तर म जाडोबाट बच्न हल्का पिउने गरेको छु ।
 

(Source:Merocinema)

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!