बिद्युत चुहावटबाट इलाममा वर्षको ३ करोड ५४ लाख घाटा

Admin | 01:02 |


इलाम, माघ ८ - इलाममा बिद्युत चुहावटबाट नेपाल बिद्युत प्राधिकरणलाई बर्षेनी करोडौं रुपैयाँ घाटा हुने गरेको छ ।
एकै फिडरबाट बितरण गर्दै आएको प्रशारण लाइन अन्तर्गत इलाम र सिमावर्ती पाँचथरका बिभिन्न गाविसमा अबैध रुपले लाइन चोरी हुने गरेकाले ठूलो घाटा व्यहोर्नु परेको प्राधिकरणको इलाम शाखाले जनाएको हो ।
उसले २८ प्रतिशत बिद्युत चुहावट हुने गरेको बताएको छ । जसबाट प्राधिकरणलाई बार्षिक तीन करोड ५४ लाख ५२ हजार चारसय ४० रुपैंयाँ घाटा हुने गरेको जनाइएको छ ।
इलाममा मासिक १७ लाख ६४ हजार तीनसय ९५ युनिट बिद्युत आपूर्ती हुने भए पनि उपभोक्ताले १२ लाख ७२ हजार युनिटको मात्रै महसुल बुझाएर बिद्युत उपभोग गर्ने गरेको शाखाको भनाइ छ ।
प्रशारण लाइनको एकै फिडर अन्तर्गत सिमावर्ती पाँथचरको फाक्तेप, चिलिङदेन र इलामको पुवामझुवा, चमैता र फाकफोक गाविसमा मात्रै चार लाख ९२ हजार तीनसय ९५ युनिट बिद्युत चुहावट हुने गरेको प्राधिकरणका इलाम केन्द्र प्रमुख राजीवकुमार शर्माले बताउनुभयो । यसमध्ये केही प्रतिशत भने प्राबिधिक त्रुटीले चुहावट हुने उहाँको भनाइ छ ।
जिल्लाका बिद्युत बिस्तारित सबै क्षेत्रमा चुहावट सम्बन्धी अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ । बिद्युत चोरी गर्नेको पहिचान गरी बिस्तारित लाइनै कटाएर कार्बाही गर्न थालेपछि भने मिटर जडान गर्ने गराउनेको संख्या ह्वात्तै बढेको प्राधिकरण इलाम शाखाले छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!