ए डिभिजन लिग : आर्मीद्वारा सरस्वती पराजित

Admin | 01:43 |


काठमाडौं, माघ ८ - सहिद स्मार ए डिभिजन लिग फुटबल अन्तर्गत सोमवार भएको पहिलो खेलमा नेपाल आर्मी क्लव विजयी भएको छ ।
दशरथ रंगशालामा आर्मीले सरस्वती युथ क्लवलाई १–० ले हराएको हो । आर्मीको जितमा राजु तामाङ्गले गोल गरे ।
नतिजापछि १५ खेलबाट २८ अंक बनाएको छ र आर्मीले यसअघि नै सुपर एटमा स्थान सुरक्षित गरिसकेको थियो । हारपछि पनि सरस्वती क्लवको सुपर एटमा पुग्ने संभावना कायम नै छ । जाउलाखेल र नेपाल पुलिस क्लवबीचको खेलमा पुलिस बराबरीमा रोकिए वा हारेमा सरस्वती सुपर एटमा पुग्ने छ । 
चौधौं चरणको खेल सकिदा थ्रीस्टार क्लब ३२ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!