प्रचण्डमा थपियो पारिवारिक तनाव

Admin | 04:30 |


श्रीमतीको उपचारपछि जेठी छोरीको चिन्ता

१९ पुस, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डलाई एकातिर देश र पार्टीको चिन्ता छ भने अर्कातिर परिवारमा एकपछि अर्को समस्या थपिएको छ । सीताको उपचार गरे पनि छोरीको उपचार कसरी गर्ने भन्ने चिन्तामा छ यतिबेला प्रचण्ड परिवार । नेता प्रचण्ड आफ्ना परिवारका सदस्यमा देखिएको स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण चिन्तामा डुब्न थाल्नुभएको छ । उहाँ आफैं पनि उच्च रक्तचापको बिरामी हुनुहुन्छ । यसरी उच्च रक्तचाप भएको व्यक्तिले तनावबाट जोगिनुपर्ने डाक्टरहरुले सल्लाह दिने गरेका छन् ।
पत्नी सीताको मृगौलामा समस्या देखिएपछि उपचारका लागि उहाँलाई लिएर प्रचण्ड शुक्रबार बैंकक जानुभएको थियो । सोमबार प्रचण्ड दम्पत्ति नेपाल फर्किइसकेको छ । उपचारका क्रममा सीताको ‘लिभर’मा समेत समस्या देखिएको र डाक्टरले औषधि लेखिदिएको लाजिम्पाट स्रोतको कथन छ । तर, आमालाई उपचार गराए पनि जेठी छोरी ज्ञानु दाहाल (केसी) मा स्तन क्यान्सरको जटिल समस्या थपिएपछि प्रचण्ड परिवारमा अर्को तनाव उत्पन्न भएको छ । ‘ज्ञानुको दिल्लीमा पहिल्यै उपचार गरिएको हो, तर समस्या समाधान भएन, अब कहाँ उपचार गर्ने भन्ने चिन्ता बढेको छ ।’-प्रचण्ड निकट स्रोतले अनलाइनखबरसँग भन्यो । एमाओवादीको अर्को स्रोतले दिएको जानकारी अनुसार ज्ञानुलाई उपचारका लागि अमेरिका लानुपर्ने डाक्टरले सल्लाह दिएका छन् । अमेरिकामा उपचार गर्न महंगो पर्ने भएकाले पनि परिवारमा तनाव बढेको स्रोत बताउँछ । हालैमात्र पाठेघरमा क्यान्सर देखिएपछि नायिका मनिषा कोइरालालाई समेत अमेरिका लगिएको थियो ।
स्तन क्यान्सरको समस्यासँग जुधिरहेकी जेठी छोरी ज्ञानु आफ्ना श्रीमान अर्जुन केसीसँग हात्तीवनमा बस्दै आउनुभएको छ । उहाँका दुई छोरीहरु छन् ।प्रचण्ड र सीताको परिवारमा तीन छोरी र एक छोरा छन् । बिरामी ज्ञानु जेठी हुन् भने माइली रेणु दहाल (पाठक) पूर्वसभासद् हुन् । जेठा ज्वाइँको नाम अर्जुन केसी र माइलाको नाम अर्जुन पाठक हो । कान्छी गंगा दहालले पहिलो पतिसँग सम्बध बिच्छेद भएपछि गतवर्ष बिराटनगरका किशोरसँग विवाह गरेकी छन् । गंगाकी छोरी स्मिता प्रधान बाल गायिका हुन् । हाल परिवारको सम्पर्कभन्दा बाहिर रहेका प्रकाश दाहाल प्रचण्डका एकमात्र छोरा हुन् । प्रचण्डकी बुहारी (प्रकाशकी जेठी पत्नी) र नातिको रेखदेख अभिभावकको भूमिका पनि प्रचण्ड र सीताकै काँधमा छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!