कुखुराको मासु मूल्य २ सय ७० रुपैयाँ

Admin | 21:37 |


काठमाडौ, माघ ७ - कुखुराको मासुको मूल्य शनिबार एक महिनामा चौथो पटक बढेको छ । उपभोक्ताले आइतबार प्रतिकिलो कुखुराको मासुलाई प्रतिकिलो २ सय ७० रुपैयाँ तिर्नुपर्ने छ । यसअघि प्रतिकिलो मासुको मूल्य २ सय ५५ रुपैयाँ थियो । उपत्याकासहित पोखराका कुखुरा र्फमहरूमा बर्डफ्लुको संक्रमण देखिइरहेका बेला मासुको मूल्य महिनामै हरेक पटक १५ रुपैयाँका दरले ६० रुपैयाँ बढेको हो । एक महिनामै कुखुराको मासुको मूल्य यति धेरै  पटक बढेको पहिलो हो । राष्ट्रिय खुखुरा बिक्री व्यवसायी संघको बुधबार बसेको बैठकले खुकुरा मासुको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको अध्यक्ष जंगबहादुर बिसीले दिए । संघको निर्णयपछि किसानले जिउदो कुखुराको प्रतिकिलो १० रुपैयाँ थप पाउने छन् । यसअघि उनीहरूले १ सय ८० रुपैयाँ पाउँदै आएका थिए । संघले हरेक पटक मासुको मूल्य किलोको १५ रुपैयाँले बढाउँदा किसानलाई जिउँदो कुखुरामा १० रुपैयाँ बढाउने निर्णय गरेको थियो । अब जिउँदो कुखुराको थोक मूल्य १ सय ९० रुपैयाँ पुगेको छ । उपभोक्ताले भने २ सय रुपैयाँ तिर्नुपर्ने छ । 'बजारमा कुखुराको आपूर्ति स्वात्तै घटेकाले मासुको मूल्य बढाउने निर्णय गरेका हौं,' संघका अध्यक्ष बिसीले भने । आबद्ध काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका मासु व्यवसायीका कोल्डस्टोरले लागू गर्ने संघका सचिव देवकुमार गिरीले बताए । बजारमा बर्डफ्लुको हल्लाले किसानले चल्ला राखेनन्, उनले भने त्यसको असर अहिले देखिएको छ ।'
राजधानीमा देखिएको बर्डप्mलु नुवाकोट हुँदै पोखरामा पनि देखिएको छ । यसले गर्दा किसान त्रासमा परेका छन् । 'उपत्यकामा मात्र होइन नेपालभरि कुखुरा पालन घटेको पाइयो,' संघ अध्यक्ष बिसील भने, 'यसले गर्दा मासु व्यवसायीको पेसामै असर पर्ने देखिएको छ । दसैंताका काठमाडौं र भक्तपुरमा देखिएको बर्डफ्लुले त्रसित भएका किसानले र्फममा चल्ला नहालेको उनले बताए । यसको तीन महिनापछि त्यसको असर देखिएको छ । उनले मासुको खपत भने नबढेको बताए । 'मासुको खपत बढेकाले त्यसको असर मूल्यमा परेको हैन,' उनले भने, 'किसानका खोरमा कुखुरै छैनन् ।' संघका अनुसार उपत्यकामा दैनिक २ लाखदेखि २ लाख ५० हजार किलो कुखुराको मासु खपत हुन्छ । संघले किसानलाई कुखुरा पाल्न उत्साहित गर्न मूल्य बढाएको दाबी गरेको छ । 'मूल्य बढाएपछि किसानले कुखुरा पाल्न थाल्ने आशा छ,' अध्यक्ष बिसीले भने, नत्र हाम्रो व्यवसाय संकटमा पर्छ ।' उपत्यकामा कुखुराको मासुका २ सय थोक विक्रेता छन् । हरेक विक्रेतासँग २० जना खुद्रा विक्रेता आसि्रत रहेको अध्यक्ष बिसीले बताए । कुखुराको मूल्य वृद्धिले किसानलाई केही राहत दिएको राष्ट्रिय कुखुरा पालक किसान संघका अध्यक्ष हेमचन्द्र शाहले बताए । 'एक महिनामै चौथो पटकको मूल्य वृद्धिले किसानको लागत उठ्ने अवस्था सिर्जना भएको छ,' उनले भने, 'किसानको र्फममा कुखुरा नभएकाले अझै मूल्य बढ्ने आशा छ ।' उनले चल्ला मर्ने, बर्डफ््लुलगायतका अनेक समस्या देखिएकाले कुखुरापालन जोखिम पूर्ण हुँदै गएको बताए । किसान ६० प्रतिशतभन्दा बढी कुखुरापालक ब्यवसायबाट पलायन भएको उनको दाबी थियो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!