किन आइन् रेखाको फिल्ममा बिनिता ?

Admin | 07:06 |


नव नायकसँग सिनेमा खेलेर आफुलाइ सधै जवान नै राख्न खोज्ने नायिका रेखा थापाले करिअर ओरालो लागेपछि फेरी अर्को कार्ड फ्याकेकी छिन् । चलचित्र ‘चपली हाइट’ हेरेपछि नायिका विनिता बरालको खुबै प्रशंसा गरेकी रेखाले अहिले उनै नायिकालाइ आफ्नो सिनेमामा अनुबन्धित गरेकी छन् ।

रेखा फिल्सम् र छविराज प्रोडक्शनको व्यानरमा छायांकन भइरहेको चलचित्र ‘हमेशा’ मा रेखासँगै बिनिता को पनि अभिनय रहने छ । तर बिनिताको हालसम्म कुनै पनि दृश्यको छायांकन भएको छैन ।
श्रोतका अनुसार बिनिता दशै पछि मात्र छायांकनमा जानेछिन् । बिनिताको भूमिका र उनी कत्ति समय चलचित्रमा देखिन्छिन् भन्ने बारेमा सबै कुरा लुकाइएको छ । तर रेखाको फिल्ममा विनिताको उपस्थितीलाइ अर्थपुर्ण तवरले हेरिएको छ ।
आफ्नो सिनेमा भित्र चलचित्र क्षेत्रमा माहिर मानिएका नायकलाइ समेत ओझेलमा पार्ने रेखाले बिनितालाइ ‘हमेशा’ मा लिनुलाइ अचम्म मान्न सकिन्छ । नव नायकहरुसँग सिनेमाको पर्दामा रोमान्स गरेर जवान देखिने रेखाले अब नायिकाहरुलाइ पनि यही तबरले नजरअन्दाज गरेको हुनसक्छ । यसैले पनि रेखा विनितासँगै सिनेमा खेलेर आफुलाइ जवान नायिकाको रुपमा चिनाउन खोज्दैछिन् भन्ने विश्लेषण चलचित्र बजारमा हुन थालेको छ ।
चलचित्र ‘हमेशा’मा बिनिताको भुमिका कस्तो हुने छ, यो प्रतिक्षाको रुपमा नै रहनेछ । तर नायकलाइ समेत तल पार्ने रेखाले विनितालाइ माथी उठाउलिन् भन्ने कुरामा भने शंका व्यक्त गर्न सकिन्छ ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!