हिसिलालाई गाली गर्दै स्थापितले सर्वोच्चमा रिट हाले

Admin | 10:03 |

८ माघ, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधीकरणको आयुक्तबाट हटाइएका केशव स्थापितले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको छ । उहाँले आफूलाई हटाउनमा हिसिला यमीको हात रहेको प्रतिक्रिया दिनुभएको छ ।
स्थापितले प्रधानमन्त्री, मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाएर सोमबार सर्वोच्चमा रिट दारय गर्नु भएको हो । ‘ममाथि अन्याय भयो, न्याय पाउँ भनेर अदालत गएको हुँ’ स्थापितले अनलाइनखबरसँग भन्नुभयो-’सक्षम मान्छेलाई असक्षम भनेर त हटाउन पाइएन नि ।’
बिहीबार मन्त्रिपरिषद्ले स्थापितलाई हटाएर योगेश्वरकृष्ण पराजुलीलाई प्राधीकरणको आयुक्तमा नियुक्त गरेको थियो । स्थापितको कामको मूल्यांकन गर्न गठित प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा सरकारले उनलाई हटाउने निर्णय गरेको थियो ।
पैसा नदिने, नतिजा मात्र खोजेर हुन्छ ?
स्थापितले आफूलाई नियुक्त गर्दाको प्रतिवद्धता विपरित रकम निकासा नगरेको भन्दै नतिजा दिने गरी काम नगरेको भन्ने आरोप अस्वीकार गर्नुभयो । मलाई नियुक्त गर्न यो वर्ष १ अर्ब रुपैयाँ दिन्छु भन्नु भएको थियो प्रधानमन्त्रीले तर, अहिलेसम्म एक रुपैयाँ आएको छैन’ थापितले अनलाइनखबरसँग भन्नुभयो-’कार्यालयमा कर्मचारी छैनन् । यतिसम्मकी कार्यालयको मेच, टेबलदेखि बाथरुमको टावल र साबुनसमेत मैले घरबाटै लैजानु परेको छ । अनि युद्ध जितेर आइज भनेर हुन्छ ?’ स्थापितले आफूले सिफारिस गरेका योजना र कार्यालयको संरचना अनुमोदन नगरेर प्रधानमन्त्री स्वयंमले असहयोग गरेको गुनासो गर्नुभयो ।
आफ्नो पहलमा सुकुम्बासी समस्या समाधानका लागि ५० हजार डलर दिने विदेशी प्रस्ताव असवीकार गरेको, १ अर्बको प्रस्ताव नमानेको भन्दै उहाँले भन्नुभयो-’मैले सुकुम्बासी समस्या समाधानका लागि अघि सारेका विकल्पहरु पनि स्वीकार नगर्ने अनि रकम पनि नदिने ?’ भौतिक विकास समितिमार्फत सिफारिस भएका योजनाहरु समेत पास नगरेको भन्दै उहाँले आफू अहिले पनि सक्षम रहेको दाबी गर्नुभयो ।
हिसिला र जानुकाको आलोचना
स्थापितले आफूलाई हटाउन प्रधानमन्त्री पत्नी हिसिला यमी र उनकी स्वकीय सचिव जानुकाले भूमिका खेलेको आरोप लगाउनुभयो । ‘सुरुबाटै हिसिलाजीले काम गर्न सक्नु भएन भन्दै आउनुभएको हो’ स्थापितले भन्नुभयो-’उहाँको स्वकीय सचिवले पनि भूमिका खेल्नु भो ।’

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!