जिविस र गाविसको आयश्रोत पनि खोजिने

Admin | 21:40 |


काठमाडौ, माघ ८ – स्थानीय निकायका काम प्रभावकारी पार्ने अभियान थालेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय आयस्रोतको पनि खोजी गर्ने भएको छ ।
मन्त्रालयमा मंगलबार बस्ने समीक्षा बैठकमा आर्थिक अनियमितता, स्थानीय आयस्रोत र अनियमितता गर्नेलाई कारबाहीबारे छलफल गर्ने तयारी छ ।
बिभिन्न जिल्लामा भएको अनुगमनका क्रममा सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा र वाल संरक्षण भत्ता वितरणमा अनियमितता भेटिएपछि अरु आम्दानीका बारेमा पनि जानकारी लिन लागिएको हो । पछिल्लोपटक बारा र पर्सा जिल्लाका दुईजना गाउँ विकास समितिका सचिवले सामाजिक सुरक्षा र बालसंरक्षण भत्ता आफैले लिएको भेटिएको थियो ।
विभिन्न जिल्लाबाट अनुगमन गरेर फर्किने सबै टोली आइनपुगेकाले आइतबार बस्ने भनिएको बैठक मंगलबारका लागि सारिएको मन्त्रालयका सहप्रवक्ता प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!