ट्वीटरमा प्रधानमन्त्रीले लेखे, ‘लोडसेडिङ घटाउन भारतबाट बिजुली’

Admin | 05:19 |





53

८ माघ, काठमाडौं । पहिलोपटक ट्वीटर चलाएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार एकदिनमा ६ पटक ट्वीट गर्न भ्याउनुभएको छ । जसमा प्रधानमन्त्रीले आलोचकबाट आफूलाई प्रतिरक्षा गर्नुका साथै लोडसेडिङ न्यूनीकरण गर्न भारतबाट बिजुली ल्याउने कोशिस भैरहेको जानकारी दिनुभएको छ ।
आफ्नो नयाँ ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री भट्टराईले भन्नुभएको छ, ‘हामी लोडसेडिङ न्यूनीकरण गर्न प्रयत्नशील छौं । इतिहासले थुपारेको फोहोर सोहोर्न समय लाग्दोरहेछ । भारतबाट थप ७० मे.वा. बिजुली ल्याउने कोशिस भैरहेको छ ।’ लोडसेडिङसम्बन्धी प्रधानमन्त्रीको ट्वीटबारे बालुवाटार स्रोतसँग जिज्ञासा राख्दा प्रधानमन्त्रीले भारतीयहरुको उच्च तहमा सम्पर्क गरेर विद्युत उपलब्ध गराउन आग्रह गरेको र केही दिनमै ७० मेघावाट विद्युत नेपालले पाउने र लोडसेडिङ केही कम हुने स्रोतले दाबी गर्यो ।
प्रधानमन्त्रीद्वारा लालध्वजका नाममा आइतबार ट्वीटर अकाउन्ट खोलिएपछि आएका प्रतिक्रियाहरुलाई जवाफ दिँदै ट्वीटरमा लेखिएको छ- ‘युद्धको मर्म बुझेकाले मात्र शन्ति दिन सक्छ । सम्राट अशोक सबभन्दा ठूला शान्ति दूत बनेका थिए । त्यसैले लाध्वजबाट आशंकित नबनौं ।’आलोचकहरुसँग प्रधानमन्त्रीको आग्रह छ, ‘साथीहरु वास्तविक नेता आलोचनादेखि डराउँदैन, म रचनात्मक आलोचनालाई स्वागत गर्छु । तर, कृपया आधारहीन बदनामी नगरिदिनुहोला ।’
यसैगरी प्रधानमन्त्री भट्टराईले ट्वीट गर्नु भएको छ- ‘द्वन्द्वकालका मुद्दाहरु संक्रमणकालीन न्यायका आधारमा निम्ट्याइनुपर्छ, परम्परागत फौजदारी न्यायप्रणालीको संयन्त्रमार्फत् होइन ।’

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!